प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

जन्मदिनको शुभकामनाका साथै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा सुस्वास्थ्य र खुसीको कामना गरेका छन् । सन् १९५० को सेप्टेम्बर १७ मा जन्मिएका मोदी ७० वर्ष पुगेका छन् । १३ वर्ष गुजरातको मुख्यमन्त्री भएका उनी हाल भारतको प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकालमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्