आजबाट लामो दूरीका गाडी सञ्चालन, कस्ता छन् नियम?

काठमाडौं : झण्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आजबाट खुला भएका छन् । यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले बुधबार विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ ।

साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ।

याे पनि पढ्नुस  किन चलेनन् सार्वजनिक यातायात ?

चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुरोध गरिएको छ।

 

कमेन्ट गर्नुहोस्