भारतमा आजसम्मकै उच्च संक्रमण, कोरोनाले तोड्यो रेकर्ड, केन्द्रीय मन्त्री गडकरी पोजिटिभ

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले आजसम्मकै रेकर्ड तोडेको छ ।

बुधबारका दिन भारतमा ९७ हजार ८५६ जना नयाँ संक्रमित थपिएका हुन ।

यसअघि ११ सेप्टेम्बरका दिन ९७ हजार ७५४ घटना देखिएका थिए ।

यसैबीच केन्द्रीय मन्त्री नितिन गडकरी पनि कोरोना संक्रमित बनेका छन् । उनले ट्विट गरेर यसको जानकारी गराएका छन् । कमजारी भएपछि रेगुलर चेकअप गर्दा कोरोना पोजिटभ देखिएको उनले बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना प्रभावित विश्वकै ७औं देश बन्यो भारत

भारतमा संक्रमितको संख्या ५१ लाख बढी भएको छ । अहिलेसम्म ४० लाख भन्दा बढी निको भएका छन् । बुधबारका दिन मात्रै ८२ हजार ९२२ जना डिस्चार्ज भएका छन् ।

यसैबीचमा ८३ हजार २३० जनाको मृत्यु समेत भएको छ । गत २४ घण्टामा मात्रै ११३९ मानिसहरुको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्