डीएसपी भाटलाई अर्को सफलता, भारतीयलाई छोरा भनेर नागरिकता बनाइ दिने पक्राउ

काठमाडौंः भारतीय नागरिकलाई छोरा भनेर नागरिकता बनाइ दिने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही बरथवहा नगरपालिका–२ घर भई हाल हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारी रहेका छन् । उनले भारत बिहार राज्यको सितामणी जिल्ला बगमणी ग्राम पन्चायत घर भएका सिताराम सिङ राजपुतलाई आफ्नो बर्ष २० को छोरा निरज भण्डारी भनेर झुठो विवरण पेश गरी २०७६ पुष ३ गते नागरिकता बनाएका थिए ।

याे पनि पढ्नुस  संसदमा राजेन्द्र महतोको प्रश्नः मेरो नागरिकता खारेज भएको हो?

झुठो विवरण पेश गरेर नागरिकता बनाएको अर्को दिन नागरिकतासहित भारतीय नागरिक राजपुत पक्राउ थिए भने २०७६ पुस ५ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार भएका भण्डारीलाई बुधबार इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीका इन्चार्ज प्रहरी नायव उपरिक्षक (डीएसपी) उद्धब सिङ भाटको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  विदेशी बुहारीलाई नागरिकता कहिले ?

८ महिनासम्म फरार रहेका भण्डारीलाई सर्लाहीमै लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको डीएसपी भाटले बताए । मुख्य अभियुक्त भण्डारीले भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्