कुलमानलाई पुन नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश, कहिले होला निर्णय ?

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि पुनः कुलमान घिसिङलाई नियुक्त गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  एउटा लडाइँ जिते, सम्पूर्ण युद्ध जित्न बाँकी छः अध्यक्ष प्रचण्ड

चापागाईंले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग परामर्श गरेरै मन्त्री पुनले घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरेको समेत स्पष्ट पारेका छन् ।

हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको र प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा मन्त्री पुनको सचिवालयले व्यक्त गरेको छ ।

याे पनि पढ्नुस  हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौं, इतिहासप्रति गर्व गर्न सिकौंः प्रधानमन्त्री ओली

गत भदौ २९ गते चार वर्षे कार्यकाल सकिएपछि घिसिङको भदौ ३० गते औपचारिक बिदाइ भइसकेको छ । उनलाई पुन नियुक्ति गर्नुपर्ने आवाज उठिरहेको छ । तर, त्यसबारे निर्णय भने भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्