आइसोलेसनबाट शशांकले भने– चिन्ता गर्नुपर्दैन, चाँडै डिस्चार्ज हुन्छु

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू चाँडै कोरोना जितेर डिस्चार्ज हुने विश्वास गरेका छन् ।

हाल ओम नर्सिङ होममा आइसोलेसनमा उपचाररत कोइरालाले भिडियो सन्देशमार्फत आफ्नो बारेमा चिन्ता नगर्न भन्दै दुई÷तीन दिनमा डिस्चार्ज हुने विश्वास व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो (सूचीसहित)

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित भएका महामन्त्री कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको छ ।

ओम अस्पतालमा चिकित्सक टोलीको संयोजन गरिरहेका डा विश्वनाथ कोइरालाका अनुसार कोइरालाको निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।

याे पनि पढ्नुस  आरडिटी पोजेटिभ देखिएकी सुत्केरीकाे मृत्यु

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री कोइरालाको स्वास्थ्यावस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ ।

सभापति देउवाले महामन्त्री कोइराला चाँडै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेको पार्टी कार्यालयले जनाएको छ ।

Shashank Koirala

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुदै ।

Posted by शशांक काेइराला – सचिवालय on Wednesday, September 16, 2020

कमेन्ट गर्नुहोस्