बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार दिउँसो राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए ।

प्रवक्ता दहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल असोज १ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम, दाखाक्वाडी-१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।’

याे पनि पढ्नुस  राजनीतिमा नयाँ तरंग, पार्टी फुटाउने अध्यादेश ल्याउँलान् ओली ?

नेकपा सचिवालय बैठकको निर्णयपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो ।

कमेन्ट गर्नुहोस्