देउवाकाे सचिवालयमा कार्यरत एक व्यक्तिमा कोरोना पुष्टि

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नीजि सचिवालयमा कार्यरत एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत एकजनाको कोरोना संक्रमण पुष्टि भएको र अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाबाट मृत्यु दर चीन र अमेरिका भन्दा बढी

आफ्नो नीजि सचिवालयमा कार्यरत एक व्यक्तिमा कोरोना पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका छन् । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिनेछ ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको छ । संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफल गर्न आज बिहीवार बैठक डाकिएको थियो ।

याे पनि पढ्नुस  भारतमा भयावह बन्दै कोरोनाः मृतक संख्या ३३१ पुग्यो, एकैदिन ४३ को मृत्यु

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र उनी बैठकमा सहभागी हुने जानकारी प्रधानमन्त्री केपी ओलीलाई पठाइएको देउवाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्