१२४६ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको ५९ हजार ५७३ संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या ३८३ पुगेको छ ।

याे पनि पढ्नुस  कसरी ल्याइँदैछ स्वदेश फर्कन चाहने नेपालीलाई ?

पछिल्लो २४ घण्टामा १२४३ जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ४२९४९ पुगेको छ । हाल देशभर १६२४१ सक्रिय संक्रमित छन् ।

बिहीबार १०६४१ जनाको कोरोना परीक्षण गरिएको छ ।

ठूलो शहरमा संक्रमित बढ्दै गएको छ । सबैलाई मिलेर काम गर्न मन्त्रालयले आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सतर्कता अपनाउन मन्त्रालयकोे आग्रह छ ।

याे पनि पढ्नुस  काठमाडौंमा पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने

 

कमेन्ट गर्नुहोस्