काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि

काठमाडौंः काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४३ पुग्यो, को कहाँ छन् ?

ठूलो शहरमा संक्रमित बढ्दै गएको छ । सबैलाई मिलेर काम गर्न मन्त्रालयले आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सतर्कता अपनाउन मन्त्रालयकोे आग्रह छ ।

नेपालमा थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु हुँदा १२४३ जना निको भएका छन् । आज ५० जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्