बामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ

काठमाडौंः राष्ट्रियसभा सदस्यमा मनोनित नेकपा उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार दिउँसो राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

याे पनि पढ्नुस  राष्ट्रियसभाबाट बिदा भए १८ सांसद

नेकपा सचिवालय बैठकको निर्णयपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो ।

बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

कमेन्ट गर्नुहोस्