भारतका स्वास्थ्यमन्त्री भन्छन्, ‘अर्को वर्षको सुरुमा भारतमा कोरोना विरुद्धको खोप आउँछ’

नयाँदिल्ली : भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोना भाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भनेका छन्, ‘आगामी वर्ष सन् २०२१ को सुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।’

यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका लागि उनले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  नास्ता पसल चलाउँदै आएका एकै परिवारका ४ जनामा कोरोना पुष्टि

बिहीबार उनले अर्को वर्षको शुरुवातदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।

उनले विश्वका अरू देशहरूले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए ।

याे पनि पढ्नुस  आज ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उउनले बताए ।

कमेन्ट गर्नुहोस्