प्रधानसेनापति थापा र राजदूत जाभेदबीच भेटर्वाता

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि पाकिस्तानका राजदूत मजर जाभेदले आज शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  प्रधानसेनापति थापाद्वारा प्रहरी महानिरीक्षक क्षेत्रीलाई बधाइ

राजदूत जाभेद नेपालमा आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा छन् ।

कमेन्ट गर्नुहोस्