मोडेलद्वारा डोनाल्ड ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि यौनशोषणको आरोप लागेको छ ।

एमी डोरिस नाम गरेकी महिलाले २३ वर्षअघि ओपन टेनिस च्याम्पियनसिपका क्रममा ट्रम्पले आफूमाथि जबरजस्ती गरेको आरोप लगाएकी हुन् ।

आफ्ना पुरुष साथी जेसन बिनले ट्रम्पसँग भेट गराएको डोरसले बताएकी छन् ।

याे पनि पढ्नुस  ट्रम्प पत्रकारसँग आत्तिए, ह्वाइट हाउस छिर्ने प्रेसपास नै खोसियो !

उनले एक अन्तर्वार्ताका क्रममा भीआईपी बक्समा ट्रम्पले आफूलाई बलियोसँग समाएर जबरजस्ती किस गरेको बताएकी छन् । उनले भनेकी छन्, “मैले ट्रम्पलाई छुटाउने कोशिस गरे तर उनले मलाई झन दह्रो गरी च्यापे ।’

ट्रम्पका वकिलले भने यो आरोप पूर्ण रुपमा गलत भएको भन्दै खण्डन गरेका छन् । यसलाई उनले ट्रम्पको छवि बिगार्ने कोशिस भएको आरोप समेत लगाएका छन् ।

याे पनि पढ्नुस  डोनाल्ड ट्रम्पले छोरा पाएपछि पोर्नस्टारसँग सेक्स गरेको खुलासा

उनले ट्रम्पले गलत व्यवहार नगरेको दाबी गर्दैै त्यसो गर्दा भीआईपी बक्समा उपस्थित अन्य व्यक्तिले देखेको हुनुपर्ने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्