पूर्वी नवलपरासीका संक्रमितको मृत्यु

कावासोतीः पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। ।

देवचुली नगरपालिका–११ का ३१ बर्षीय पुरुषको उपचारका क्रममा उनको चितवन मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वास र निमोनियााको समस्या भए पछि भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

याे पनि पढ्नुस  पानी जमेको खाल्टोमा डुबेर दुई बालकको मृत्यु

पूर्वी नवलपरासीमा कोरोनाका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्