यी हुन् धेरै संक्रमित रहेका काठमाडौंका १० स्थान (सूचीसहित)

काठमाडौंः काठमाडौंमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।

काठमाडौं महानगरपालिकामा मात्रै ६ हजार २९ संक्रमित रहेका छन् । महानगरपालिकामा सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ । महानगरभित्र कोरोनाका कारण ५० संक्रमितको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना

धेरै संक्रमित रहेको वडा र संक्रमित संख्या
वडा न ३ महारागञ्ज–३७३, मृत्यु १
वडा न ७ मित्रपार्क–२०८, मृत्यु ४
वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १
वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
वडा न १४ कलंकी–२७०, मृत्यु १
वडा न १५ स्वयम्भु–५६४, मृत्यु १
वडा न १६ बालाजु–४१५, मृत्यु ३
वडा न २७ इनबहाल–२८०, मृत्यु ४
वडा न २८ बागवजार–३२१, मृत्यु १
वडा न ३२ कोटेश्वर–४५२, मृत्यु २

पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा फैलिँदै गएको छ । तर, कन्ट्याक्ट ट्रेसिङ भने सुस्त छ ।

कमेन्ट गर्नुहोस्