नेपाल आइपुग्यो रेल, हेर्नेको घुइँचो, यसरी गरियो स्वागत (भिडियो)

काठमाडौंः जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न रेल सेट नेपाल आइपुगेको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार मध्यान्न नेपाल आइपुगेका हुन् ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने रेल विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

याे पनि पढ्नुस  १० पास गरेकोले मात्रै नेपालमा रेल चलाउन पाउने

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी विधेयक छलफलका क्रममा छ ।

याे पनि पढ्नुस  पत्यानुहुन्छ? १५० वर्षअघि नै चल्थ्यो बर्दियामा रेल

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल आउँदा त्यहाँ नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशकलगायतका पदाधिकारीको सहभागिता रहको बताए । भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका २० जना उच्च प्राविधिकको सहभागिता रहेको ।

रेललाई स्वागत गर्न सैयौं नेपालीको त्यहाँ घुइँचो लागेको छ । उनीहरूले रेललाई हात हल्लाउँदै स्वागत गरे ।

भिडियोः बुडेश्वर राजकको फेसबुकबाट ।

कमेन्ट गर्नुहोस्