लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न प्रचण्डको अपील

काठमाडौंः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न सरकारसँग अपील गरेका छन् ।

एक अनलाइनलाई अन्तर्वार्ता दिँदै पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष प्रचण्डले शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत दिनैपर्ने बताए । उनले खुलामञ्चमा केही दाताले भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा नहुने स्पष्ट पारे ।

‘खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’

‘कोरोनाका सन्दर्भमा मैले सरकारसँग कुरा गर्न गरिराखेको छु, गर्छु पनि । स्थायी नोकरी भएकाहरुलाई उनीहरुलाई ५० प्रतिशत के दिने भन्ने प्रावधान छ । तर शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत त दिनैपर्छ’, प्रचण्डले भने, ‘अव झन दशैं तिहार पनि आउँदैछ यस्तो वेलामा गरिव, सवभन्दा तल बसेका केही लाखको संख्यामा रहेका जनतालाई यो बेला राज्यले प्रत्यक्ष नै राहतको व्यवस्था गर्नैपर्छ भन्ने लाग्छ । खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’

याे पनि पढ्नुस  द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छः अध्यक्ष प्रचण्ड

उनले मुख्यत शहरबजारमा निक्कै ठूलो क्राइसिस भएको आफूले पाएको भन्दै देशभरिका सबै साना ठुला शहरहरुमा मजदुरी गरेर वाँच्नेहरुलाई जताबाट व्यवस्था गरेर भए पनि राहत दिइनुपर्नेमा जोड दिएका छन् ।

अध्यष प्रचण्डले अहिले कोरोन रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा सरकार र पार्टीहरुले अझ बढि ध्यान केन्द्रीत गर्नुपर्ने तथा मातहतको फोर्सलाई परिचालन गर्नुपर्ने बताए । कोरोनाबारे थप स्पष्ट पार्दे प्रचण्डले भनेका छन्, ‘यसको खोप निकालिँदैछ भनिएको छ । चीन, रुस र अन्त पनि पनि प्रयोग हुँदैछ भनेपछि त्यस्तोमा सरकारले, राज्यले छिटोभन्दा छिटो खोप ल्याउने र उपचारमा अर्को उचाईतिर लानेमा पनि ध्यान दिनुपर्यो । त्यतातिर हामीले छलफल पनि गरिरहेका छौं र दुईवटा अध्यक्ष बस्दा पनि त्यतापट्टि नै बढी कुराकानी भएका छन् ।’

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !

बाढीपहिरो पीडितलाई तत्काल पुनस्थापना र राहतमा सरकारले ध्यान दिनुपर्ने प्रचण्डको भनाई थियो । प्रचण्डले अगाडि थपे, ‘इमान्दारिताका साथ सरकार र पार्टी आयो है भन्ने सन्देश गम्भीर रुपमा हामीले दुईचार महिनाभित्रै दिन सकिन्छ । त्यसका लागि दुई वर्ष पर्खनै पर्दैन ।’

कमेन्ट गर्नुहोस्