काठमाडौंमा पनि ह्वात्तै बढ्यो कोरोना

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाको काठमाडौंमा ६९८ जना, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जना संक्रमित थपिएका छन् ।

यो अहिलेसम्म फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । यसअघि उपत्यकामा भदौ ३१ गते बुधबार ७३७ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  को हुन् बिहीबार बिहानै थपिएका १७ संक्रमित ?

काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र भक्तपुरमा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार देशभर २०२० जना संक्रमित थपिएका छन् । यो पनि अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । यसअघि भदौ ३१ गते बुधबार १५३९ संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  वुहानबाट ल्याइएकामा कोरोना देखिएन, आजै घर पठाइने

पछिल्लो २४ घण्टामा ८७१ निको हुँदा हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३९० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

नेपालमा कोरोनाको रेकर्ड, एकैदिन थपिए २०२० संक्रमित

कमेन्ट गर्नुहोस्