आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । यसअघि भदौ ३१ गते बुधबार १५३९ संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७१ निको हुँदा हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३९० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट २१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८५९ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा ६९८ जना, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जना संक्रमित थपिएका छन् ।

यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । यसअघि उपत्यकामा भदौ ३१ गते बुधबार ७३७ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  रूसद्वारा कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता

शुक्रबार उपत्यकामा ४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र भक्तपुरमा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्