बलात्कार आरोपित २ जना पक्राउ

सप्तरीः सीतरीको डाक्नेश्वरी नगरपालिका-७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी-७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।

धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित चार जनाले भदौ २९ गते बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि भदौ ३० गते किशोरीले आत्महत्या गरेकी थिइन् ।

याे पनि पढ्नुस  भारतमा गोली हानी नेपाली युवकको हत्या

बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए । न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उहाँकी आमाले बताए । मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण गरिएको छ ।

याे पनि पढ्नुस  १३ वर्षीया बालिकाको सामूहिक बलात्कारको आरोपमा ७ पक्राउ

प्रहरीले छलफलमा बस्ने ३ जना पञ्चलाई समेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । किशोरी र उहाँकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले भदौ ३० गते नै पक्राउ गरेर मुद्दा चलाएको छ । उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारवाही थालिएको छ भने पक्राउ परेका बलात्कारका २ आरोपित रञ्जित र बब्लुविरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्