युएईमा ४ महिनादेखि एनआरएनको सेल्टरमा रहेका तीन नेपाली महिला स्वदेश फर्किए

युएईः भारत हुँदै इराक र कुवेत जान युएई ट्रान्जिटमा अलपत्र परेका तिन नेपाली महिला शुक्रबार स्वदेश फर्किएका छन् ।

दलालको प्रलोभनमा परेर आउँदा युएईमा अलपत्र परेका उनीहरुलाइ गैर आवसीय नेपाली संघ युएई अलऐनले विगत ४ महिनासम्म आफ्नो सेल्टरमा राखेर शुक्रबार हवाई टिकट समेत उपलब्ध गराइ स्वदेश फिर्ता गराएको एनआरएनए एनसिसि युएईकी महिला संयोजक शोभा शर्माले जानकारी दिइन् ।

याे पनि पढ्नुस  बासस्थान छोड्न दवाव दिएमा दूतावासमा सम्पर्क गर्नुस्ः राजदूत ढकाल

एयर अरबियाको G91751 उडानमार्फत शुक्रबार नेपाल फर्किनेहरुमा रुपन्देहीकी फुलकुमारी मुसाह, सिन्धुपाल्चोककी शुक्रन तामाङ र धादिङकी मन्जु तामाङ रहेका छन् । उनीहरुलाइ युएईस्थित नेपाली दूतावासले यात्रा अनुमति पत्र बनाएर कानुनी सहयोग गरेको थियो ।

केहि समय अघि मात्रै युएईमा कम्पनीले बासस्थानबाट निकालेपछि अलपत्र परेका १० जना महिलाहरुलाई ३ महिनासम्म आफ्नो संरक्षणमा राखी नेपाल पठाएको र विभिन्न कारणले समस्यामा परेका १६ जना महिलाहरु अझै एनआरएनकै संरक्षणमा रहेको शर्माले बताइन् ।

कमेन्ट गर्नुहोस्