राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रबीच एकता

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्र पर्साबीच एकता भएको छ । आज बसेको भेलाले दुबै संगठन एकता गरेर १७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठनसमेत गठन गरेको छ ।

संगठनको अध्यक्षमा सुनीलकुमार कुर्मी, उपाध्यक्षमा ज्ञानकिशोर चौधरी, भोला महतो, सचिवमा श्रवणकुमार चौधरी, सहसचिवमा धीरेन्द्र जैसवाल र कोषाध्यक्षमा सोमलाल श्रेष्ठलाई चयन गरिएको हो ।

याे पनि पढ्नुस  नेकपाले टुंग्यायो सबै जिल्लाको इन्चार्ज र सहइन्चार्ज (नामसहित)

त्यस्तै, संगठनको सदस्यहरूमा दिलिपखङ्ग खत्वे, सुलतानमिया धोवी, अनिल श्रीवास्तव, साधुप्रसाद चौरसीया, जोखन रावत कुर्मी, गुलजार राउत लगायत छन् ।

भेलाले आसन्न आधिकारीक ट्रेड युनियनको चुनावको प्रचारप्रसारका लागि १५ सदस्यीय प्रचारप्रसार तथा परिचालन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा श्रवणकुमार चौधरीलाई चयन गरिएको छ ।

याे पनि पढ्नुस  सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघ एक हुने

 

 

कमेन्ट गर्नुहोस्