सुरक्षागार्डलाई कोरोना देखिएपछि ऊर्जामन्त्री पुन क्वारेन्टाइनमा

काठमाडौं : निजी सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ५ दिन क्वारेन्टाइनमा बस्ने भएका छन् ।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार उनी आफ्नै निवासमा क्वारेन्टाइनमा बस्ने तयारीमा रहेका छन् ।

केही दिनअघि उनका सुरक्षागार्डको कोरोना भाइरस परीक्षणका लागि स्बाब संकलन गरिएको थियो । सो स्वाबको रिपोर्ट शुक्रबार आएको हो ।

कमेन्ट गर्नुहोस्