नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता

कावासोती : नारायणी नदीले बगाएको ल्याएको दाउरा टिप्ने क्रममा शुक्रबार बाबुछोरी बगाएर बेपत्ता भएका छन् ।

नवलपरासी पूर्व (नवलपुर) मध्यबिन्दु नगरपालिका १२ र १५ को सिमाना नारायणी नदी र अरुणखोलाको दोभानमा नारायणी नदीले बगाएर ल्याएको दाउरा टिप्नेक्रममा मध्यविन्दु नगरपालिका १५ तल्लो भिउरान बस्ने ४५ वर्षका भूपलाल क्षेत्री र उनकी १४ वर्षकी छोरी सुजिता क्षेत्रीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

याे पनि पढ्नुस  जीपबाट हाम फाल्ने २ जना सुनकोशीमा बेपत्ता

४३ वर्षकी श्रीमती सानी क्षेत्रीलाई समेत नदीले बगाएकोमा उनलाई स्थानीयले उद्धार गरेका थिए । बेपत्ता बाबुछोरीको प्रहरी र स्थानीयले खोजी गरिरहेको खाँणले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्