मृत फेला परेकी निर्मलाको अन्तिम पोष्ट : ‘म मरेको दिन कस्तो होला?’

धनगढी : कैलाली एफएममा कार्यरत २३ वर्षीया पत्रकार निर्मला पहाराइ मृत फेला परेकी छिन् ।

घोडाघोडी नगरपालिका- ४ की पहाराइ भदौ ३१ ग्तेदेखि बेपत्ता थिइन् भने आज वडा नम्वर ५ को सामुदायिक वनमा भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनले १६ दियता सामाजिक सञ्जाल फेसबुकमा कुनै पोष्ट गरेकी छैनन् भने अन्तिम पोष्ट सेप्टेम्वर २ मा गरेकी छिन् ।

उनले सेटोपाटीमा प्रकाशन भएको ‘म मरेको दिन कस्तो होला?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन् । यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो।

सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृतक पहराइले पोष्ट गरेकी थिइन्।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्