विश्वकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराइने

काठमाडौं : संविधान दिवसको अवसरमा भोलि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईका लागि नेपाली राजदूतले जनाएको छ ।

याे पनि पढ्नुस  राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको हो । बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ। बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो ।

कमेन्ट गर्नुहोस्