कृषि विधेयकको बिरोध गर्दै पञ्जाबमा एक किसानद्वारा आत्महत्या

जालन्धर । भारतीय सरकारले अध्यादेशमार्फत जारी गरेका तीनवटा कृषि विधेयकको बिरोध गर्दै एकजना किसानले आत्महत्या गरेका छन् ।

विधेयकले कृषिलाई किसानको हातबाट फुत्काउने र दलाल, माफियालाई लाभ पुग्ने भन्दै यसको व्यापक बिरोध भइरहेको छ । यहीबिरोध बीच एकजना किसान प्रीतम सिंहले विष सेवन गर्दै आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ । उनलाई बठिण्डाको अस्पतालमा भर्ना गरिएपनि बचाउन भने सकिएन ।

यसअघि शुक्रबार मात्रै सरकारलाई समर्थन गरिरहेको अकाली दलका मन्त्री हरिसिमरित कौरले मन्त्रीपदबाट राजिनामा दिएकी थिइन ।

अकाली दल सरकारसँगको गठबन्धनमा सहभागी रहेको छ । सदनमा प्रस्तावित गरिएको विधेयक ५० वर्षको मेहनतलाई बर्बाद गर्ने आरोप लगाएका छन् । बादलले लोकसभामा चर्चा गर्दै पञ्जाबका किसान र व्यापारिहरुमा असन्तोष चुलिएकोले प्रस्ताव फिर्ता लिनुपर्ने बताएका थिए ।

कृषि सुधारलाई लक्षित गर्दै मोदी सरकारले द फार्मर्स टेड एण्ड कर्मश (प्रमोशन एण्ड फेसिलिटेशन बिल), द फार्मर्श (एम्पावरमेन्ट एण्ड प्रोटेक्सन) एग्रीमेन्ट अफ प्राइज एन्श्योरेन्स एण्ड फर्म सर्भिसेज बिल र द एशेन्सियल कमोटिडिज (संशोधन) बिल प्रस्तावित गरेको छ ।

यी तीनवटै कानुन लकडाउनको बेला अध्यादेशको रुपमा घोषणा गरेको थियो । त्यही बेलादेखि विपक्षीहरुले यी बिलहरु किसानविरुद्ध भएकोले खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

भारतीय संसदमा यो विधेयकको चर्को बिरोध भइरहेको छ । प्रधानमन्त्री मोदीले भने विधेयक किसानकै पक्षमा रहेपनि भ्रम छरिएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्