नीजि कम्पनीको दबाबपछि पछि हट्यो पर्यटन मन्त्रालय, अब सबै सीटमा यात्रु राखिने

काठमाडौँ, सरकारले कोरोना संक्रमणलाई ध्यानमा राखेर जहाजमा ५० ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम खारेज गरेको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको थियो । तर शुक्रबारका दिन यो निर्णय हटाइएको हो ।
यसअघिको निर्णयको बिरोध गर्दै निजी वायुसेवा कम्पनीहरुले असोज १ गतेदेखि उडान गर्न मानेका थिएनन । कम्पनीको दबाबपछि मन्त्रालयले आफ्नो निर्णय खारेज गरेको हो ।
अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ ।
आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ ९असोज १५ गते० तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ ।
यसैबीच संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्