डा. सन्दुक रुइटले पाए यसवर्षको सबैभन्दा ठूलो मानपदवी, अख्तियारका पूर्व प्रमुख आयुक्त घिमिरेदेखि बुद्धिनारायण श्रेष्ठसम्मले पाए विभुषण (सूचिसहित)

काठमाडौँ — यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।

त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्