समाजवाद उन्मुख र न्यायसहितको नयाँ समाज निर्माणको संकल्प गर्न प्रचण्डको आव्हान

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पाँचौ संविधान दिवसका अवसरमा भिडियो सन्देश जारी गरेका छन् ।

सन्देशमा अध्यक्ष प्रचण्डले संविधान दिवसको पाँचौ वर्षको उपलक्ष्यमा आउने दिनमा सरकारले जनअपेक्षा अनुरुप काम गर्ने बताएका छन् । हाम्रो पार्टी नेतृत्वको सरकारको अढाई वर्ष बाँकी रहेको अवधिमा जनताको अपेक्षा अनुरुप विकासका योजना अघि बढने, राष्ट्रिय एकता र स्वाधिनता सुदृढ हुँदै जाने अपेक्षा गरेका छन् ।

याे पनि पढ्नुस  नेकपाले बोलायो सचिवालय बैठक

विकास, एकता, स्वाधिनता, स्वाभिमानको संकल्प लिने दिनका रुपाम संविधान दिवसलाई मनाउन समेत उनले आव्हान गरेका छन् ।

लामो संघर्षको प्रतिफलस्वरुप जनताका कतिपय मुद्दा समेटेर संविधान जारी गर्न सफल भएको उनले बताए ।

समाजवाद उन्मुख राज्य बनाउन र सुशासनका लागि संकल्प गर्ने दिनका रुपमा यो दिवस मनाउन अपील गरेका छन् । उनले सबैलाई एक हुन समेत आव्हान गरेका छन् ।

याे पनि पढ्नुस  ‘ओलीले प्रचण्ड–नेपालको मोर्चा ध्वस्त पार्न क्षेप्यास्त्र हानेको हो, त्यसले काम गर्दैन’

सुन्नुस् भिडियो

कमेन्ट गर्नुहोस्