ट्रम्प प्रशासनद्वारा कडा आदेशः लक्षण नदेखिए पनि कोरोना टेष्ट गर्नुपर्ने

वाशिङ्गटन डिसीः अपेक्षाविपरित अमेरिकी सरकारले कोरोना जाँचबारे नयाँ निर्देशन जारी गरेको छ ।

यसअघि जाँच र उपचारमा वेवास्ता गरेको भन्दै आलोचना खेपिरहेको राष्ट्रपति ट्रम्प सरकारले कोरोना जाँचका लागि लक्षण देखिएको हुनैपर्ने नियम परिवर्तन गरेको हो । अब संक्रमित व्यक्तिको सम्पर्कमा आएका जोकोहीले पनि अनिवार्यरुपमा कोरानो संक्रमणको जाँच गर्नुपर्ने छ ।

याे पनि पढ्नुस  अमेरिकी सामूहिक गोलीकाण्डः ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण

रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले गत अगस्तमा लक्षण नभएकाहरुमा जाँच गर्नुनपर्ने बताएका थियो । सिडिसीको यो निर्णयको चर्को आलोचना हुँदै आएको थियो ।

नयाँ जारी गरिएको निर्देशनमा अगस्तमा गरिएको पूववर्ती निर्णय खारेज गरिएको हो । अमेरिकामा ६३ लाख भन्दा बढीमा संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले भने मास्कको आवश्यकता नभएको र अमेरिकाले सबैभन्दा राम्रो काम गरेको दावी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्