कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस संक्रमण देखिएपछि १२ दिन पहिले अस्पताल भर्ना भएका कोइराला शनिबार डिस्चार्ज भएको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा उनी डिस्चाज भएका हुन् । उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् ।

याे पनि पढ्नुस  बलिउड अभिनेता अर्जुन कपूर कोरोना संक्रमित

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा…

Posted by Dr Shashank Koirala on Saturday, September 19, 2020

कमेन्ट गर्नुहोस्