ललितपुरमा थप ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौंः ललितपुरमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन र मेघा अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

भदौ २६ गते पाटन अस्पताल भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ ।

याे पनि पढ्नुस  सुशान्त सिंह मृत्यु प्रकरणमा नयाँ तथ्य फेला !

पाटन अस्पतालमै भदौ २० गते भर्ना भएकी ललितपुरकी ७६ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ । ललितपुरकै ६८ वर्षीया वृद्धाको पनि सोही अस्पतालमा मृत्यु भएको छ । उनी भदौ २५ गते भर्ना भएकी थिइन् ।

असोज १ गते अस्पताल भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको उपचारका क्रममा े शनिबार बिहान मेघा अस्पतालमा मृत्यु भएको छ ।

याे पनि पढ्नुस  उपत्यकामा थपिए आज अहिलेसम्मकै बढी संक्रमित

कमेन्ट गर्नुहोस्