डा. केसीसँग इमानदार वार्ता गर्न कांग्रेसको माग

काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै केसीको जीवन रक्षा माग गर्दै जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् ।

याे पनि पढ्नुस  महाधिवेशन समयभित्रै हुनुपर्छ: कोइराला

डा केसी जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ । साथै, २०७५ साउन १० गते प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा केसीसँग भएको सम्झौता उल्लंघन गरेको नजिर नदोहोर्याएर इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ ।

याे पनि पढ्नुस  कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

केसी गत सोमबारदेखि जुम्लामा अनसनरत् छन् । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ ।

यस्तै, जुम्लामा अनसन बसेका डा. केसीको माग पुरा गर्नुपर्ने माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

सम्बन्धित समाचारः

जुम्लामा शुरू गरे डा.केसीले १९ औं सत्याग्रह, यस्ता छन् ६ माग (सूचीसहित)

कमेन्ट गर्नुहोस्