दुई पक्षबीच झडप भएपछि मलङ्गवामा कर्फ्यु आदेश

सर्लाहीः सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार दिउँसोदेखि कर्फ्यु लगाइएको छ ।

विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुबार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए ।

याे पनि पढ्नुस  विद्यार्थी घाइते प्रकरणः कोहलपुरमा ३ बजेदेखि कर्फ्यू

सोही विषयलाई लिएर शनिवार फेरि बिहानैबाट दुई समुदायबीच ठाउँ–ठाउँमा जम्मा भएर विवाद गर्न खोजेकाले कफ्र्यु आदेश जारी गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार दिउँसो १ः३० बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलङ्गवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  चितवनका केही क्षेत्रमा निषेधाज्ञा, ५ जना बढी भेला भए पक्राउ गरिने (सूूचनासहित)

कर्फ्यु जारी भएसँगै प्रहरीले अहिले मलङ्गवा बजारक्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् भने स्थानीयहरुलाई घरमै बस्न माइकिङ भइरहेको छ ।

विवाद मिलाउन शनिबार बिहानैदेखि दुवै पक्षका मानिस राखेर जिल्ला प्रहरी कार्यालय मलङ्गवामा छलफल चलिरहे पनि हिजो झडप भएको ठाउँ र नगरका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मानिसह जम्मा भएर वादविवाद गर्न खोजेकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्