आइपीएल : रोहितले आज विराटको कीर्तिमान भंग गर्ने सम्भावना

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ संस्करण आजदेखि सुरु हुँदैछ । १३ औँ सिजनको आइपीएलमा कोरोना महामारीका कारण यूएईमा हुन लागेको हो ।

यो पटकको सिजनको उद्घाटन म्याचमा गत विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स (सीएसके) खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । आइपीएलका सबैभन्दा सफल टिम सीएसके र मुम्बईबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  कप्तान कोहलीले बनाए नयाँ कीर्तिमान

उद्घाटन म्याचमा मुम्बईका कप्तान रोहित शर्माले आरसीबीका कप्तान विराट कोहलीको एक कीर्तिमान भंग गर्ने सम्भावना छ ।

आइपीएलमा हालसम्म सीएसकेविरुद्ध सर्वाधिक रन नबाउने कीर्तिमान विराट कोहलीको नाममा छ । उनले सीएसकेविरुद्ध १२ सिजनमा ७ सय ४७ रन बनाएका छन् ।

याे पनि पढ्नुस  कप्तान कोहलीले गुमाए २० अंक, यी खेलाडी अटाए टप–१० मा (नामसहित)

त्यस्तै, रोहितले हालसम्म सीएसकेविरुद्ध २३ म्याचमा ७ सय ५ रन बनाएका छन् । यदि आज रोहितले ४३ रन नबाउन सके सीएसकेविरुद्ध सर्वाधिक रन बनाउने विराटको कीर्तिमान भंग हुने छ ।

हालसम्म आइपीएलमा सीएसके र मुम्बईबीच ३० म्याच भएका छन् । जसमा १८ खेलमा मुम्बई र १२ म्याचमा सीएसके विजयी भएको छ । अहिलेसम्म मुम्बईले सर्वाधिक चार र सीएसकेले तीन पटक आइपीएल उपाधि जितेको छ ।

कमेन्ट गर्नुहोस्