भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष सुवाललाई कोरोना पुष्टि

भक्तपुर : भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत हुन् ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा थपिए आज ५ कोरोना संक्रमित

यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । जिल्लामा आजसम्म एक हजार १ सयभन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्