आइपीएल : मुम्बईविरुद्ध चेन्नइले सस्तैमा गुमायो २ विकेट

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन म्याचमा मुम्बई इण्डियन्सले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सले सस्तैमा २ विकेट गुमाएको छ ।

उसले दोस्रो विकेटका रूपमा ओपनरद्व मुरली विजयी (१) र सेन वाट्सनलाई ४ रनमा गुमाएको हो । वाट्सनलाई चेन्नईले पहिलो ओभरको अन्तिम बलमा ४ रनमा गुमायो । उनलाई ट्रेन्ट बोल्टले एल्बीडब्लू आउट गरे ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान, को-कोले पाए प्लेइङ ११ मा मौका?

त्यस्तै, मुरलीलाई दोस्रो ओभरको अन्तिम बलमा जेब्स प्याटिन्सले एल्बीडब्लूको सिकार बनाए । यो समाचार तयार पार्दा चेन्नईले ४ ओभरमा २ विकेट गुमाएर १९ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलः अक्सनका लागि ३३२ खेलाडीको सूची तयार

उसका लागि सौरभ तिवारीले ४२, क्विन्टन डीककले ३३, किरण पोलार्डले १८, सूर्यकुमार यादवले १७, कप्तान रोहित शर्माले १२, हार्दिक पाण्ड्याले १४, जेम्स प्याटिन्सले ११, कुणाल पाण्ड्याले ३ रन बनाए ।

बलिङमा सीएसकेका लुंगी एन्गीडीले ३, रवीन्द्र जडेजा, दीपक चाहरले २/२, पियूष चावाला र साम कुरान एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्