मुम्बईविरुद्ध चेन्नई ५ विकेटले विजयी

काठमाडौं  : आजदेखि यूएईमा सुरु भएको १३ औँ सिजनको आइपीएलको उद्घाटन खेलमा गत संस्करण विजेता मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) विजयी भएको छ ।

उद्घाटन खेलमा सीएसके ५ विकेटले विजयी भएको हो । मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य सीएसकेले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

याे पनि पढ्नुस  आइपीएलः धोनीसहित सीएसकेका सबै खेलाडीको ‘स्यालरी’ (सूचीसहित)

उसका लागि अम्बाती रायडूले ७१, फाफ डुप्लेसिसले अविजित ५५, रवीन्द्र जडेजाले ११ र साम कुरानले १८ रन बनाए ।

बलिङमा मुम्बई टिमका राहुल चाहर, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएलः यी ३ क्रिकेटर, जो सर्बाधिक ‘स्ट्राइक रेट’मा रन बनाउँछन्

उसका लागि सौरभ तिवारीले ४२, क्विन्टन डीककले ३३, किरण पोलार्डले १८, सूर्यकुमार यादवले १७, कप्तान रोहित शर्माले १२, हार्दिक पाण्ड्याले १४, जेम्स प्याटिन्सले ११, कुणाल पाण्ड्याले ३ रन बनाए ।

बलिङमा सीएसकेका लुंगी एन्गीडीले ३, रवीन्द्र जडेजा, दीपक चाहरले २/२, पियूष चावाला र साम कुरान एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  १३ औँ सिजनको आइपीएल ‘अक्सन’ आज
ओभर कति रन ब्याटिंग बलर
0-5 23/2 रायडू: 10 रन बोल्ट: 1 विकेट
6-10 47/0 रायडू: 29 रन
11-15 46/0 रायडू: 28 रन
16-19.2 50/3 डु प्लेसिस: 20 रन राहुल: 1 विकेट

कमेन्ट गर्नुहोस्