चीनका लागि जासुसी गरेको आरोपमा दिल्लीका एक पत्रकार र चिनियाँ महिलासहित नेपाली पक्राऊ

नयाँ दिल्ली । चीनका लागि जासुसी गरेको आरोपमा दिल्ली प्रहरीले तीन जनालाई पक्राऊ गरेको छ ।

भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा पक्राउ परेका व्यक्तिसँग सम्पर्क देखिएको भन्दै पत्रकारसहित तीनजना पक्रा परेका हुन ।
पक्राउ पर्नेमा एक नेपाली पनि रहेका छन् ।

दिल्ली पुलिसको स्पेशल सेलले पत्रकार राजिब शर्मासहित एक चिनियाँ महिला र ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरालाई पक्राउ गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ ।

याे पनि पढ्नुस  राज्यविरुद्ध गरिने जासुसीमाथि विशेष निगरानी राखिने

गत सेप्टेम्बर १३का दिन उनीहरुलाई पक्राउ गरिएपनि शनिवार मात्रै सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार, पत्रकार राजिव शर्माले पैसा लिएर चीनका लागि जाससुसी गर्ने गरेका हुन । उनले एउटा सूचना वापत एक हजार डलर लिने र आजसम्म ३९ लाख भारतीय रुपैयाँ चीनबाट लिएको प्रहरीको आरोप छ । चिनियाँ नागरिक ज्याङ चाङ र उनकी श्रीमती च्याङ लिलियाले एमजेड फार्मेसी र एमजेड मल चलाइरहेको उनले बताए । सुरज र उषा नाममा उनीहरुले चलाएको कम्पनीबाटै राजिवलाई रकम दिइने गरिएको प्रहरीको दावी छ ।

याे पनि पढ्नुस  राज्यविरुद्ध गरिने जासुसीमाथि विशेष निगरानी राखिने

भास्कर दैनिकका अनुसार, चिनियाँ नागरिक क्विङ र नेपाली नागरिक बोहोराले कम्पनी चलाइरहेका थिए । स्वतन्त्र पत्रकार राजिवले सीमामा भारतीय सेनाको रणनीतिक र फौज परिचालनसम्बन्धी विषयमा चिनियाँ नागरिकलाई सूचना दिएको दिल्ली पुलिसको आरोप छ ।

दिल्ली पुलिसका डीसीपी सञ्जिवकुमार यादवका अनुसार पक्राउ परेका पत्रकारले ग्लोबल टाइम्समा सन् २०१० देखि २०१४ को बीचमा साप्ताहिक रुपमा स्तम्भ लेखेका थिए । ग्लोबल टाइम्स चीन सरकारको समर्थन गर्दै आएको मिडिया हो । राजिबले लेखेको देखेपछि चिनियाँहरुले सम्पर्क गरेको प्रहरीको दावी छ ।

याे पनि पढ्नुस  राज्यविरुद्ध गरिने जासुसीमाथि विशेष निगरानी राखिने

चीनबाट फर्किएपछि सूचना चुहाउन थालेको र एउटा सूचनावापत एक हजार डलर पाउने लिने गरेको डीसीपी यादवको दाबी छ । उनले भने, ‘उनले हालसम्म यो कम्पनीबाट १० पटकमा ३० लाखभन्दा बढी रकम लिइसकेका छन् ।’

बोहराको बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सेन्ट्रल इन्टेलिजेन्सले दिएको सूचनाका आधारमा गिरफ््तार गरिएपछि अदालतबाट ६ दिनका हिरासतमा लिइएको यादवले बताए । प्रहरीले स्वतन्त्र पत्रकार समेत रहेका शर्माको ल्यापटब र मोबाइल कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्