पहिलो खेल जितेपछि धोनीले भने, ‘टीममा केही सुधार्नुपर्ने देखियो’

काठमाडौं । युएईमा जारी आइपिएलको पहिलो खेलमा जीत हासिल गरेपछि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टीममा सुधार गर्नुपर्ने बताएका छन् ।
आज भएको शुरुआती खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो ।
“आजको खेल धेरै सकारात्मक रह्यो ।” खेलपछि धोनीले भने, “तर केही यस्ता क्षेत्र छन, जहाँ काम गर्नुपर्ने देखियो ।’
धोनीले टाइमिङका सुधार गर्नुपर्ने बताए । साँझपख खेल शुरु भएको हुँदा शीत पर्दासम्म विकेट जोगिएको खण्डमा फाइदा हुने उनको अनुभव थियो ।
चेन्नई सुपरकिंग्सका ओपनर ब्याट्सम्यान सुरेश रैना र बलर हरभजन सिंहले टीमबाट नखेल्ने घोषणा गरेपछि धोनीको टिम कमजोर भएको अनुमान गरिएको थियो । योसँगै केही खेलाडीमा कोरोना देखिएपछि चेन्नई सुपर किंग्स संकटमा परेको बताइएको थियो ।
आज मुम्बईले टस हारेर ब्याटिङ गर्दै १६३ रनको लक्ष्य दिएको थियो ।
चेन्नई सुपर किंग्सले लक्ष्य पछ्याउने क्रममा पहिलो दुई ओभरमा नै दुई विकेट गुमाएपछि टीम धराशायी हुने अनुमान गरिएको थियो । तर त्यसपछि रायडु फाफ डु प्लेसिसले ११३ रनको साझेदारीसँगै टीमलाई जीतको सम्भावना नजिक ल्याएका थिए ।
“हाम्रा बलरहरुलाई लय पक्रिन केही समय लाग्यो ।” धोनीले भने, “रायडुले फाmसँग एकदमै राम्रो साझेदारी गरे । हाम्रा अधिकांश खेलाडी सन्यास लिएको अवस्थामा कुनै पनि खेलाडी घाइते नहुनु पनि राम्रो कुरा भयो ।”

कमेन्ट गर्नुहोस्