डा. केसीको स्वास्थ्यमा समस्या, तत्काल अस्पताल लैजानुपर्ने चिकित्सकको सुझाव

जुम्लामा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने बताए ।

डा.केसी अनशन बसेको छैटौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले भने, ‘प्रतिष्ठानको चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् । तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानेका छैनन् ।’

याे पनि पढ्नुस  डा. केसीको आइसीयूमा उपचार हुँदै

डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा.केसीले जुम्लामा सत्याग्रह थालेका हुन् । डा.केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ ।
File Photo

कमेन्ट गर्नुहोस्