सबै कर्मचारीलाई कार्यालयबाट काम गर्न सरकारले दियाे निर्देशन

काठमाडौं । कोरोना महामारीका कारण अत्यावश्यक सेवा दिने कार्यालयका कर्मचारीबाहेक अरुलाई घरबाटै सेवा दिन भनिएकोमा सरकारले सबैलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यसअघि आलोपालो गर्दै कार्यालयमा उपस्थित हुने भनिएपनि अब भने सबै कर्मचारीले अनिवार्यरुपमा कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

सामान्य प्रशासन मन्त्रालयले आन्तरिक सर्कुलर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  १६२ अधिकृतको सरुवा (सूचीसहित)

‘अब कर्मचारीले नियमितरुपमा कार्यालयमा हाजिर हुनुपर्छ,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने । उनले सबै सेवा सञ्चालनमा आएकाले कर्मचारीको कार्यालयबाटै कार्य सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

आलोपालो प्रणाली अपनाउँदा कर्मचारीले बहानाबाजी गरेर कार्यालय नआउने गरेको समेत पाइएका मन्त्रालयले जनाएको छ। सरकारले पहिलो लकडाउनको ४ महिनाको अवधिलाई सार्वजनिक बिदामा रुपान्तरण गरेको भएपनि पछिल्लो निषेधाज्ञा र लकडाउनमा आधाले कार्यालयबाट र आधारले घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो। तर त्यो व्यवस्था राम्रोसँग कार्यान्वयन आउन सकेको थिएन।

याे पनि पढ्नुस  स्वेच्छिक अवकासको प्रक्रिया शुरु, राज्यकोषमा ५० अर्ब भार पर्ने

कोराना महामारीसँग सरकारले अख्तियारको ‘वर्क फ्रम होम’ अवधारणा अपनाए पनि कर्मचारी घरबाट काम नगरेको सरकारको विश्लेषण छ। ‘घरबाट गरिएको काममा प्रभावकारी देखिएन,’ सह–सचिव अधिकारीले भने, ‘घरबाट भन्दा अफिसबाटै काम गर्न सजिलो हुन्छ।’

प्रवक्ता अधिकारीले साह्रै अफ्ठ्यारो भएमा कार्यालय प्रमुखको तजबिजीमा घरबाट काम गर्ने व्यवस्था पूर्णरुपमा हटाउन नसकिएको जानकारी दिए। ‘स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गर्दा अफ्ठ्यारो हुने भयो भने कार्यालय प्रमुखले घरबाटै काम गर्ने व्यवस्था पनि गर्न सक्छन्,’ उनले भने, ‘घरबाट होस वा कार्यालयबाट सेवाप्रवाह सुचारु हुनुपर्छ ।’

याे पनि पढ्नुस  ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन

देशभर करिब ८९ हजार निजामती कर्मचारी कार्यरत छन्।

कमेन्ट गर्नुहोस्