कुलमानको समर्थनमा प्रदर्शन गर्नेमाथि कुटपीट घटनाको छानवीन गर्न समिति गठन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा प्रदर्शन गर्नेमाथि कुटपीटको घटनामा छानवीन हुने भएको छ ।

कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने माग राख्दै १०० ग्रुपले गरेको प्रदर्शनका क्रममा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि अनावश्यक बल प्रयोग गरिएको भन्दै आलोचना चुलिएको थियो ।

याे पनि पढ्नुस  कुलमानले आँखा दान गर्ने

सामाजिक सञ्जालमा प्रहरीले कुटिरहेको तस्वीर सार्वजनिक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ। १०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो। शुक्रबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा भने प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको थियो।

याे पनि पढ्नुस  विद्युतको खपत ह्वात्तै घटेपछि कुलमान भन्छन्, ‘ग्यास होइन, इन्डक्सन चलाउनुह‍ोस्’

दुबै घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो। रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल छन्।

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको जानकारी महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दिए।

याे पनि पढ्नुस  के फेरि लोडसेडिङ हुन सक्छ ? यसो भन्छन् कुलमान घिसिङ (अन्तर्वार्ता)

कमेन्ट गर्नुहोस्