निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप

मुम्बई । बलिउडमा हिन्दी चलचित्र निर्देशक अनुराग कश्यपमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।

अभिनेत्री पायल घोषले ट्विट गर्दै कश्यपले यौन हिंसा गरेको आरोप लगाएकी हुन ।

अनुराग कश्यपले यौन हिंसा गर्न खोजेको बताउँदै पायलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो सुरक्षाको माग समेत गरेकी छिन् । सिर्जनात्मक मानिने मानिसभित्रको राक्षसको अनुहार पुरै देशले हेरोस् भन्दै पायलले कश्यपको गिरफ्तारीको समेत माग गरेकी छिन् ।

याे पनि पढ्नुस  हरेक दिन ७ जनाको बलात्कार, चैत यता मात्रै १२२१ बलात्कृत

आफ्नो सुरक्षा खतरामा परेको भन्दै उनले प्रधानमन्त्री र राष्ट्रिय महिला आयोगलाई गुहार गरेकी हुन । आयोगकी अध्यक्ष रेखा शर्माले समेत पायलले गुहार मागेको ट्विट गरेकी छिन् ।

पायलको ट्विटमाथि प्रतिक्रिया दिँदै अभिनेत्री कंगना रनौटले कश्यपलाई तत्काल गिरफ्तार गर्न माग गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्