Premier League: आर्सनलकाे लगातार दाेश्राे जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी यात्रालाई निरन्तरता दिएको छ ।

लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ मिनेटमा एलेक्जेन्डर लाकाजेटे तथा ८५ औं मिनेटमा इडवार्ड केइटाले गोल गरे ।

याे पनि पढ्नुस  इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, आज काे-काे भिड्दै ?

वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका थिए । लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्