जसपा कार्यकर्ताबीच आपसमैं झडप, आसन ग्रहणलाई लिएर भएको थियो विवाद

राजविराज — संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।

संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता/कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

याे पनि पढ्नुस  सरिता गिरीलाई पार्टीबाट निष्काशित गर्दा उपेन्द्र यादवको छोराले गरे विरोध

पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।

याे पनि पढ्नुस  अपहरण प्रकरणः सांसद यादवले गरे मानवअधिकार आयोगमा उजुरी

जसपाका आफ्नै कार्यक्रकर्ताबीच झण्डै १५ मिनेट सम्म घम्साघम्सी भएको थियो । स्थिती असहज भएपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए । पार्टीको घोषित कार्यक्रममा आसन ग्रहणको विषयमा विवाद हुनु दुःखद भएको उनले बताए । यस्तै, पार्टीका अर्का जिल्ला अध्यक्ष केदार यादवले पार्टीमा केन्द्रीय सदस्यहरुको संख्या धेरै रहेको तथा धेरै नेताहरु सधै कार्यक्रममा नआउने गरेका कारण को आए भन्ने विषयमा जानकारी नहुँदा आसन ग्रहण छुटेको बताए । उनले सामान्य विषयमा विवाद गर्नु राम्रो नभएको बताए ।

याे पनि पढ्नुस  राजपासँग पार्टी एकता गर्दै बाबुरामले भने, ‘ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड’

पार्टीका सम्मानित नेताहरुको अपमान गर्ने अधिकार कसैलाई नभएको बताउँदै जसपाका स्थानीय नेता भिमराज यादवले सम्मानमाथि आँच आउन थालेपछि विरोधमा उत्रिएको बताए ।

कार्यक्रममा सहभागी हुन ग्रामिण क्षेत्रबाट आएका कार्यकर्ताहरु पार्टीका नेताहरुबीचको झडप हेर्दा आश्चर्यचकित भएका थिए । ‘यही आसनग्रहणको विवादका लागि मधेसीपुत्रहरु सहिद भएका थिए र ?’ एक कार्यकर्ताले भने,‘आसन ग्रहणमै कुटाकुटमा उत्रने नेताहरु सरकारलाई दबाब दिएर संविधान संशोधन गराउन सक्ला भन्ने लागेन ।’

कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्