वैकल्पिक शिक्षा प्रभावकारी बनाउन राज्य र अभिभावकको भूमिका

जुन अभिभावक आर्थिक रुपमा सक्षम छन्, शुल्क तिर्न सक्छन् त्यस्तो शुल्क तिर्न सकिने अभिभावकहरुबाट संस्थागत सिकाइ केन्द्र/विद्यालय, अभिभावकहरु र स्थानी तहबिच तीनपक्षिय सम्झौता गरी अनलाइन/भर्चुअल कक्षा सञ्चालन वापत न्यूनतम शुल्क लिने र जो अभिभावकहरु न्यूनतम शुल्क पनि तिर्न सक्दैनन् त्यस्तो अभिभावकहरुको विद्यार्थीहरुलाई निशुल्क Wifi/Internetको व्यवस्था गरी वैकल्पिक सिकाइ गरिनु पर्दछ।

राजदेव यादव
कोरोना संक्रमणा बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पसलगायत अन्य सम्पूर्ण शिक्षण संस्थाहरू नियमित (Face to Face) पठनपाठन अवरुद्ध रहेको छ। यस्ताे अवस्थामा सिकाइ प्रणालीलाई सूचारु गर्न र विद्यालय, क्याम्पस लगायत अन्य शिक्षण संस्थाथाहरु मा नियमित (Face to Face) पठन-पाठन नभएसम्म आ-आफ्नो घर-परिवारको आर्थिक अवस्था, क्षमता, उपलब्ध स्रोत साधन र स्थानीय परिवेश अनूकूल सिक्ने र सिकाउने (Home Schooling environment) सृजना गरी सबैका लागि वैकल्पिक शिक्षा प्रदान गर्नु वर्तमान समयको मुख्य आवश्यकता रहेको छ।

सबैका लागि वैकल्पिक शिक्षालाई मुख्य अभियानको रुपमा सञ्चालन गर्नु पर्दछ। हुने खाने, हुँदा खाने, जोहो गरेर खाने, गरीब, आर्थिक रुपमा विपन्न, अपाङ्ग, मजदुर लगायत सबैलाई समेट्ने गरी समतामूलक पहुँच पुग्ने गरी गुणस्तरिय, भरपर्दो, स्थायी, जीवनोपयोगी, वैकल्पिक विधीको माध्यमबाट शिक्षा दिनु वर्तमान समयको माग हो।

वैकल्पिक विधि अन्तर्गत अनलाइन/ भर्चुअल माध्यमद्वरा कक्षा सञ्चालन गर्दा हुने खर्चलाई विश्लेषण गरी अभिभावकहरु, शिक्षण संस्था/ विद्यालय/ सिकाइ केन्द्र र स्थानीय तह बिच तीन पक्षिय सहमति गरेर न्यूनतम शुल्क संस्थागत सिकाइ केन्द्र, विद्यालय/ शिक्षण संस्थाले सक्षम वा तिर्न सक्ने अभिभावकबाट लिनु पर्दछ। तर तिर्न नसकिने वा आर्थिक रुपमा विपन्न अभिभावकहरुकाे पहुँचमा शिक्षा पुग्न केही अन्य उपाय अवलम्बन गर्नु जरुरी छ । निःशुल्क Internet/Wifi को व्यवस्था गरी वैकल्पिक पद्धति अन्तर्गत अनलाइन/भर्चुअल कक्षामा सहभागी गराउनुपर्छ। Home Schooling, रेडियो/ए.फ एम. पाठशाला/ शिक्षा, टेलिभिजन शिक्षा, अनलाइन/भर्चुअल कक्षा, अफलाइन, परियोजना कार्यहरु, स्वअध्ययन,खोजी अध्ययन, परिवारका जान्ने सदस्यहरुबाट सोधपुछ गरी गर्ने अध्ययन, जान्ने छिमेकीहरुबाट सोधपुछ गरी गर्ने अध्ययन, विभिन्न Websiteहरु हेरी गर्ने अध्ययन, टेलिफोनद्वरा सोधपुछ गरी गर्ने अध्ययन, विभिन्न समाचार तथा जानकारी मूलक खबर/पत्रपत्रिकाहरुबाट गर्ने अध्ययन, अन्तक्रिया लगायत अन्य वैकल्पक विधिहरुको माध्ययमद्वारा सबैको पहुँच पुग्ने गरी सरल,सहज, सस्तो, गुणस्तरिय रुपमा सबैका लागि वैकल्पिक शिक्षा सञ्चालन गर्नु र गराउनुका साथै सबै सरोकावालाहहरुको सक्रिय साथ, सहयोग, सद्भाव पनि एकदम्मै अपरिहार्य देखिन्छ।

याे पनि पढ्नुस  छिट्टै वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन : मन्त्री पोखरेल

अहिलेको विषमपरिस्थितिमा पाठ्यक्रम (Customization) संश्लेषण गरेर अति अत्यावश्यक विषयवस्तुहरुलाई समेट्ने गरी सबै विद्यार्थीहरुको बसाई रहेको भौगोलिक क्षेत्रलाई समेत ख्याल गर्दै सबैका लागि वैकल्पिक पद्धतिमा विशेष जोड दिनु वर्तमान समयको आवश्यकता हो।

सबैका लागि वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन अभिभावकहरुले गर्नुपर्ने कार्यहरुः

१ आफ्ना बालबालिकाहरुलाई दैनिक कार्यतालिका बनाई, नियमित योग, ध्यान, व्ययाम, उपलब्ध पोषणयुक्त खानपान, सरसफाइ, स्वअध्ययन, स्वःनिर्भर, स्वःस्फूर्त खोजी लगायत कार्य गर्न र गराउन उत्प्रेरित गर्ने।

२ अभिभावकहरुले आ-आफ्ना घरमा घरलाई विद्यालयमय जस्तो वातावरण सिर्जना गरी विद्यार्थीहरुको लागि शिक्षकको रुपमा, पथप्रदर्शकको रुपमा, सहजकर्ताको रुपमा, आमाबुवाको रुपमा, अभिभावकको रुपमा, प्रोत्साहनको कर्ताको रुपमा, परामर्शकर्ताको रुपमा, सल्लाहकारको रुपमा, सहयोगीको रुपमा, साथीको रुपमा, आवश्यकता पूराकर्ताको रुपमा, समस्या समाधानकर्ताको रुपमा, संकटमोचनकर्ताको रुपमा, दुःख हर्ताको रुपमा, सहपाठीको रुपमा, गुरुको रुपमा, पालनकर्ताको रुपमा, समन्वय कर्ताको रुपमा अवस्था अनुसार थरि-थरिको भूमिका निर्वाह गरी सबैका लागि वैकल्पिक शिक्षामा सहभागी हुनु नितान्त आवश्यकता देखिन्छ।

याे पनि पढ्नुस  छिट्टै वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन : मन्त्री पोखरेल

३ स्वास्थ्य सरसफाइ, सामाजिक/भौतिक दुरी, साबुन पानीले मिचिमिचि नियमित हात धुने, आवश्यकता अनुसार मास्क लगाउने, घर-घरको वरिपरि सरसफाइमा सरिक गराउने, रचनात्मक/सिर्जनात्मक कार्य गर्न लगाउने, सारात्मक सोच्न र सन्देशमूलक गीत, सङ्गीत, कथा, कविता, निबन्ध, प्रबन्ध, संवाद, नाटक, चिठी, निवेदन लगायत अन्य लेखन तथा पठन कार्यमा व्यस्त बनाउने।

४ आफ्ना बालबालिकालाई जीवनोपयोगी, धार्मिक,परम्परागत, संस्कार, रहन सहन, नैतिक आचारण, सदाचार तथा सामाजिक व्यवहार, कुशल सिपहरु सिक्न र सिकाउन उत्प्रेरित गर्ने, साथै आफ्ना बालबालिकाहरुको अध्ययन, अध्यापन, खोजी कार्य, परियोजना कार्य,रचनात्मक/सिर्जनात्मक कार्यमा नियमित/निरन्तर सहयोग गर्ने।

५ समुदाय/घरमा सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने सधै सक्रिय रहने।
६ सक्दो उपलब्ध भएसम्म सिकाइ सामग्री उपलब्ध गराउने र सदुपयोग भए/नभएको रेखदेख गर्ने।
७ आफ्ना बालबालिकालाई निरन्तर रुपमा सिकाइ सहजीकरण कार्यक्रममा संलग्न भए, नभएको बारे सिकाइ केन्द्र/विद्यालय/शिक्षण संस्था सँगै निरन्तर सम्पर्कमा रही सूचना लिने र दिने।

निष्कर्ष
सूचना तथा सञ्चार प्रविधिको प्रयोगसँग विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नु भन्दा राम्रो Home Schooling (घरमा गरिने सिकाइ),रेडियो/एफ.एम. शिक्षा, टेलिभिजनद्वारा लिइने शिक्षा, अनलाइन/भर्चुअल कक्षा, अफलाइन, खुल्ला तथा दुर शिक्षा, स्वअध्ययन, जान्ने व्यक्तिबाट सोधपुछ गरी हुने अध्ययन लगायत अन्य वैकल्पिक विधिहरुको माध्यमद्वारा गुणस्तरिय, भरपर्दो तथा जीवनोपयोगी वैकल्पिक शिक्षण सिकाइ गर्नु र गराउनु आजको माग हो।

याे पनि पढ्नुस  छिट्टै वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन : मन्त्री पोखरेल

शिक्षकले पाठ्यवस्तुमा मात्र आधारित नभई पाठ्यक्रमले तोकेको वैकल्पिक विधिहरुको आधारमा वैकल्पिक सिकाइ गर्नु पर्दछ। साथै शिक्षक निर्देशिका, तालिम प्याकेजहरुको अध्ययन, अनुभवी शिक्षक तथा प्रशिक्षकहरुसँगको छलफल, स्थानीय विज्ञ तथा व्यक्तिहरुको परामर्श गरी वैकल्पिक सिकाइलाई प्राथमिकतामा राखि वैकल्पिक शिक्षा दिनु पर्दछ। हुने खाने, हुँदा खाने, जोहो गरेर खाने, गरिब, मजदुर, आर्थिक रुपले विपन्न, अपाङ लगायत सबैको लागि वैकल्पिक शिक्षा प्रदान गर्नुपर्दछ। जुन अभिभावक आर्थिक रुपमा सक्षम छन्, शुल्क तिर्न सक्छन् त्यस्तो शुल्क तिर्न सकिने अभिभावकहरुबाट संस्थागत सिकाइ केन्द्र/विद्यालय, अभिभावकहरु र स्थानी तहबिच तीनपक्षिय सम्झौता गरी अनलाइन/भर्चुअल कक्षा सञ्चालन वापत न्यूनतम शुल्क लिने र जो अभिभावकहरु न्यूनतम शुल्क पनि तिर्न सक्दैनन् त्यस्तो अभिभावकहरुको विद्यार्थीहरुलाई निशुल्क Wifi/Internetको व्यवस्था गरी वैकल्पिक सिकाइ गरिनु पर्दछ। हात-हातमा मोबाइ, घर-घरमा इन्टरनेट र कम्प्यूटर तथा गाउँ-गाउँ, टोल-टोल, दुर्गम सबै भौगोलिक क्षेत्रमा वैकल्पिक सिकाइ केन्द्र विस्तार गरी सबै विद्यार्थीहरुको समान र सहज पहुँच पुग्ने गरी सबैका लागि वैकल्पिक सिकाइ सञ्चालन गरी मुख्य अभियानको रुपमा लग्नु आजको नितान्त आवश्यकता हो।
लेखक शिक्षा विकास तथा समन्वय इकाई धनुषामा शाखा अधिकृत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्