डा. गोविन्द केसीलाई जबर्जस्ती उठाएर अस्पताल लगियाे, उपचार नगर्ने केसीका हठ

जुम्ला । स्वास्थ्यमा प्रतिकूल अवस्था देखिएपछि डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

यसअघि चिकित्सकहरुले डा. केसीलाई सुविधासम्पन्न अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए ।

गएराती अनस्थलबाट प्रहरीले डा. केसीलाई उठाएर लगेको थियो ।

डा. केसीले भने माग पुरा गर्नुको साटो अस्पताल ल्याएको भन्दै आक्रोश पोखेका छन् ।

राति १०ः४५ बजेतिर प्रहरीले उनलाई उपचारका लागि भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो ।
शनिबार बिहान भएको स्वास्थ्य परीक्षणमा डा केसीको अवस्था कमजोर भएको र २४ घण्टा मनिटरिङमा राख्नुपर्ने अवस्था रहेको भन्दै चिकित्सकहरूले सुझाव दिएका थिए। तर डा केसीले आफू अनसन बसेको स्थान छोड्न मानेका थिएनन्।

याे पनि पढ्नुस  सरकार र डा. केसीको टोलीबीचको वार्ता सकारात्मक

डा केसीले आफूलाई जबरजस्ती अपहरण गरी अस्पतालमा ल्याइएको भन्दै माग पूरा नगरेसम्म उपचार नगर्ने बताएका छन् ।

उनले भने, ‘माग पूरा गर्नुको साटो जबरजस्ती अपहरण गर्ने मलाई ? म एउटा कुरा भन्दैछु म कुनै पनि उपचार, इन्भेष्टिगेशन्स, मोनिटरिङ म लिनेवाला छैन ।’

याे पनि पढ्नुस  सरकारी र डा. केसीको टोलीबीच फेरि वार्ता हुँदै, सहमति हुने सम्भावना

गत सोमबार भदौ २९ गतेदेखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रहमा बसिरहेका उनको स्वास्थ्य बिग्रदै गएको छ ।

सरकारले माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनले शरीरमा स्लाइनसमेत लिन मानेका छैनन् । डा केसी सरकारसँग आधा दर्जन माग राख्दै १९ औं पटक आमरण अनसनमा बसेका हुन् ।

कमेन्ट गर्नुहोस्